भोजपुर बिहानी कप फुटबलको उपाधि विद्योदय माविलाई
भोजपुर । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा शनिबार भएको अन्डर–१६ अन्तर विद्यालय स्तरीय बिहानी कप फुटबल प्रतियोगिताको उपाधि विद्योदय मावि भोजपुरले जितेको छ ।

निर्धारित खेलको अन्तिम समयमा विद्योदयका तर्फबाट जर्सी नम्बर १० का दिपसन तामाङले गरेको एक गोल निर्णायक भएको थियो । प्रतिस्पर्धामा रहेको सिद्धकाली इङ्लिस बोर्डिङ स्कुल उपविजेता बन्यो ।
बिहानी फुटबल क्लबको आयोजना तथा भोजपुर जिल्ला फुटबल सङ्घको संयोजनमा भाद्र २७ बाट जारी प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले नगद २० हजार, नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाएका छन् भने वेष्ट गोलकिपर, वेष्ट डिफेन्डर, वेष्ट मिडफिल्डर, उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
विजेता टिमहरूलाई भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, पार्टी प्रतिनिधि, जनप्रतिनिधि, आयोजक संस्थाका पदाधिकारी लगायतले पुरस्कार प्रदान गर्नुभयो ।
प्रतियोगितामा १४ विद्यालयको सहभागिता थियो ।








प्रतिक्रिया राख्नुहोस्