आसिफ शेखले कप्तान रोहित पौडेललाई पछि पारे

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर आसिफ शेखले कप्तान रोहित पौडेललाई पछि पारेका छन् ।
आसिफले नेपाली टोलीका कप्तान पौडेललाई ओडिआई ब्याटिङ वरीयतामा पछि पारेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ वरीयतामा आसिफ एक स्थान सुधार गर्दै ७४ औँ स्थानमा रहेका छन् ।
आसिफ ७४ औँ स्थानमा रहँदा कप्तान पौडेल एक स्थान तल झरेर ८६ औँ स्थानमा छन् । बलिङतर्फ सन्दीप लामिछाने एक स्थान तल झरेर ३१ औँ स्थानमा छन् । दीपेन्द्रसिंह ऐरीले एक स्थान वरीयता सुधार गरेर ६७ औँ स्थानमा छन् ।
करण केसी ८८ औँ र सोमपाल कामी ९४ औँ स्थानमा छन् । ललित नारायण राजवंशी दुई स्थान सुधार गरेर ९७ औँ स्थानमा छन् । नेपाल भने ओडिआई वरीयतामा १५ औँ स्थानमा छ ।








प्रतिक्रिया राख्नुहोस्