तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मपति पण्डितको शव भेरी नदीमा फेला

बाँके । नेपाली सेनाका गुल्मपतिको शव नदीमा फेला परेको छ।

यही भदौ १० गतेदेखि बेपत्ता भएका डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इन्चार्ज विमल पण्डितको शव नदीमा फेला परेको हो।

डोल्पाबाट ३० किलोमिटर दक्षिण पश्चिम जाजरकोट तर्फको खाँडाचक्र नजिकै, भेरी नदीमा पण्डितको शव फेला परेको हो। मेजर ध्रुव कार्कीको टोली परिवारसहित घटनास्थल पुगेपछि शव पहिचान भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button