तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको शिक्षा प्रणाली नै परिवर्तन गर्नुपर्ने : मुख्यमन्त्री चौधरी

लुम्बिनी I लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले नेपालको शिक्षा प्रणाली नै परिवर्तन गर्नुपर्ने बताउनु भएको छ ।

दाङको भालुवाङमा लुम्बिनी प्रदेश स्तरीय नागरिक शिखर सम्मेलनको उद्घाटन गर्दै शिक्षा प्रणाली  सैद्धान्तिक मात्र नभई व्यवहारिक ज्ञान र सिप सँग जोडेर लैजानु पर्ने आजकाे आवश्यकता भएकाले सुधारले मात्र सम्भव नहुने बताउनु भयो । 

मुख्यमन्त्री चौधरीले अब विद्यार्थीहरूले अध्ययन सँग  आय आर्जनको बाटो सँगै लैजानु पर्ने अबको आवश्यकता भएको बताउनु भयो । 

“शिक्षाले मानव जीविकोपार्जन सँग दैनिकी जीवन शैलीमा काम लाग्ने विषयहरू समेटिएका पाठ्यक्रमहरू बनाउनु पर्छ, शिक्षा  आर्जन पश्चात् जागिर खाने मात्र हैन स्वरोजगार बन्ने हुनु पर्छ” मुख्यमन्त्री चौधरीले भन्नुभयो I

अब हाम्रो शिक्षा प्रणालीमा स्थानीय स्तरका विषयहरू समेटिएको बनाउनु पर्छ जसले विद्यार्थीहरूले हेरेर सिक्ने क्षमताको विकासलाई  दिगो बनाउन मद्दत गर्ने भएकाले पनि पाठ्यक्रम बनाउँदा ध्यान दिनु पर्नेमा वहाँको जोड रहेको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button