पश्चिम दाङमा अव विकासको मूल फुट्ने : अर्थमन्त्री मास्कि

लुम्बिनी I लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले गाउँ-गाउँमा पुगेर जनताका समस्या सुन्ने अभियान सुरु गर्नु भएको छ।
अर्थमन्त्री मास्किले आफू नेतृत्वमा आएपछि पश्चिम दाङमा ठुलो बजेट तथा योजना पारेकाे बताउनुभयो । दुर्गम कर्णाली प्रदेशका रूपमा चिनिने पश्चिम दाङमा अव विकासको मूल फुट्ने अर्थमन्त्री मास्किको दाबी छ ।
अर्थमन्त्री मास्किले आफू प्रदेश सरकारको अर्थमन्त्रीको नेतृत्व गर्दा पश्चिम दाङको क्षेत्रमा इतिहासमै पहिलो पटक यति धेरै बजेट ल्याएको भन्दै यसको उपलब्धिपूर्ण कार्यान्वयनमा सबै सचेत हुन आग्रह गर्नु भयो ।
अर्थमन्त्री मास्किले आफू विजय भएको निर्वाचन क्षेत्रमा पुगेर त्यहाँका नागरिकसँग प्रत्यक्ष रूपमा जनताका समस्या बुझी समाधानका लागि अभियान सुरु गरेको बताउनु भयो ।
जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत दाङको शान्तिनगरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै वहाँले यस्तो बताउनु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्