पोखरामा पनि धुमधामका साथ ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाइँदै (फोटो फिचर)

पोखरा । पर्यटकीय नगरी पोखरामा पनि धुमधामका साथ आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाईदैछ । पोखराका केही ठाउँमा झाँकी, बाजा गाँजा सहित र्याली प्रदर्शन गरी श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाईदैछ ।
पोखरा क्षेत्रका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गरिँदै छ । साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन रहेको छ । पोखरा रामबजारको कृष्ण मन्दिर, गलेश्वरको कृष्ण मन्दिर लगायतका मन्दिरमा आज धुमधामका साथ श्रीकृष्ण जन्माष्टमी मनाइँदै छ ।
पोखरामा पञ्चेबाजा, ब्याण्ड बाजा समेत प्रस्तुत: गरिएको छ । पोखरामा श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा निकालिएको र्यालीका केही झलकहरू ।
























प्रतिक्रिया राख्नुहोस्