तपाईँ सुन्दै हुनुहुन्छः

एमाले लुम्बिनीको नेतृत्वका लागि अहिले मतदान हुँदै

रुपन्देही । शनिबारदेखि बुटवलमा जारी नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तरगत आज बिहानदेखि नेतृत्व चयनका लागि मतदान हुँदैछ ।

सोमबार पटक पटक निर्वाचन समय तालिका फेरिए पनि राति गर्ने भनिएको निर्वाचन रोकेर अहिले बिहानलाई सारिएको हाे ।भदौ १६ गतेदेखि बुटवलका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशन अन्तरगत अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजालबीच प्रतिस्पर्धा हुन लागेको हो ।

बिहान ७ बजेदेखि मतदान सुरु हुने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले बत्ताउनुभयो। कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शङ्कर पोखरेल निकट भन्दै नेता कार्यकर्ताले प्रचार गरिरहेका छन्। लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पूजन विश्वकर्माको उम्मेदवारी परेको छ।

सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध हुनुभएको छ । दुई समूहमा परेकाले उहाँ निर्विरोध हुनुभएको हाे। उपसचिव खुलामा ४ र महिलामा ३ जनाको उम्मेदवारी छ। उनीहरू उपेन्द्रलाल कामी–रुकुम पूर्व, दुर्गाप्रसाद थारू चौधरी–बाँके, पूर्ण बुढामगर–रोल्पा र हिरा एसी–गुल्मीका हुन्।

यस्तै, महिला उपसचिवमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बाँकेकी लिला रानामगरको उम्मेदवारी रहेको छ। सबै पदमा समूहगत उम्मेदवारी परेको छ भने समूहको विरोध गर्दै उपाध्यक्ष तथा उपसचिवमा अन्य उम्मेदवार पनि मैदानमा गएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button