तपाईँ सुन्दै हुनुहुन्छः

सुशासन, दिगो विकास तथा समृद्धि सम्मेलन हुँदै

काठमाडौँ । विभिन्न क्षेत्रका विज्ञको सहभागितामा आगामी असोजमा ‘सुशासन, दिगो विकास तथा समृद्धि’ विषयक १० औँ राष्ट्रिय सम्मेलन हुने भएको छ ।

चैतन्य एकेडेमीद्वारा असोज १२ र १३ गते काभ्रेपलाञ्चोकमा सम्मेलनमा सञ्चालन हुने एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले जानकारी दिनुभयो ।

सम्मेलनका सभाध्यक्ष एवं पूर्वमुख्य सचिव डा विमल कोइरालाले दुई दिने सम्मेलनले सरकारले लिएको चौतर्फी विकास तथा सन् २०३० सम्मका लागि लिइएको दिगो विकासको लक्ष्यलाई साकार तुल्याउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

काभ्रेको धुलिखेलस्थित आगन्तुक रिसोर्टमा सञ्चालन हुने उक्त सम्मेलनमा अर्थ व्यवस्था, राजनीतिज्ञ, शिक्षा र स्वास्थ्य, सांस्कृतिक र शासकीय लगायत सम्बन्धित क्षेत्रका विज्ञको सहभागिता हुनेछ । सम्मेलनले नेपालको चौतर्फी रूपान्तरणसँग सम्बन्धित आयाम पहिचान गर्ने उहाँको भनाइ छ । जोशीले नागरिक र निजी संस्था समृद्धिको संवाहक बन्न सक्छ भन्ने आत्मबोध गराउने सम्मेलनको उद्देश्य भएको बताउनुभयो ।

एकेडेमीले समाज र देशप्रतिको उत्तरदायित्व बहन गर्दै एउटा सामाजिक अभियानका रूपमा सन् २०१४ देखि हरेक वर्ष वर्षको एकपटक राष्ट्रिय स्तरको सम्मेलन आयोजना गर्दै आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button