चितवनमा सूचना प्रविधि सम्बन्धि सफ्टवेयर प्रवर्द्धनको लागि सफ्टेक मेला हुँदै
चितवन । चितवनमा क्यान सफ्टेक मेला हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ ,९क्यान० चितवन र उद्योग वाणिज्य संघ चितवनको संयुक्त आयोजनामा यही भदौ २१ गतेदेखि उवासंघ परिषरमा क्यान सफ्टेक चितवन २०८० हुने भएको हो । यसको तयारी र स्टल बुकिङको काम भइरहेको क्यान चितवनले जानकारी दिएको छ ।
चितवनमा रहेका सफ्टवेयर उत्पादक, बिक्रेतासँग सम्बन्धी कम्पनीको प्रवर्द्धन गर्ने उद्देश्य सहित मेला गर्न लागिएको क्यान चितवनका अध्यक्ष टेकलाल भुषालले जानकारी दिनुभयो । ‘ सफ्टवेयर सम्बन्धी उत्पादक वितरकलाई एकै ठाउँमा जमघट गर्ने र स्थानीय उत्पादकलाई प्रवर्द्धन गर्ने हाम्रो उद्देश्य हो । ’ भुषालले भन्नुभयो । उहाँका अनुसार मेलामा सफ्टवेयर उत्पादक कम्पनी, बिक्रेता, स्टार्टअप आइटी कम्पनी, आइटी कलेज गरी २० वटा स्टल रहनेछन् । प्रति स्टल १० हजार शुल्क तोकिएको उहाँले जानकारी दिनुभयो । अवलोकनकर्ताको लागि निःशुल्क प्रवेश पासको व्यवस्था हुनेछ । यसको मुख्य प्रायोजकको रुपमा इन्टरनेट सेवा प्रदायक कम्पनी टेक्माईन्डस नेटवर्क रहेको छ । मेला भदौ २३ गतेसम्म चल्नेछ ।








प्रतिक्रिया राख्नुहोस्