बडिमालिकाबाट उद्धार गरिएका युवकको सुर्खेतमा मृत्यु

बाजुरा । बडीमालिका बाट हेलिकप्टर मार्फत उद्धार गरिएका एकजना युवकको सुर्खेतमा मृत्यु भएको छ ।
जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको दर्शन गर्न गएका कालिकोट जिल्ला पलाताँ गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपानेको उपचारको क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मङ्गलवार साढे ३ बजे मृत्यु भएको उपचारमा संलग्न अस्पतालका मेडिसिएन डा. केएन पौडेलले जानकारी दिनुभयो ।
धनप्रसाद न्यौपाने सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते हुनुभएको थियो । सँगै उद्धार गरिएकी बझाङ जिल्ला जयपृथ्वी नगरपालिका–९ की ६५ वर्षीया झुपु धामी भने जिल्ला अस्पताल बाजुरामा सामान्य उपचारपछि घर फर्किसक्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्