तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा श्रोत नखुलेका २५ लाख भन्दा बढी रकम पक्राउ 

जनकपुरधाम । महोत्तरी जिल्लाको मनराशिस्वा नगरपालिका वडा नंं को सुनौल ग्रामीण सडक खण्डमा विशेष गोप्य सूचनाका आधारमा महोत्तरी प्रहरीले श्रोत नखुलेका पच्चिस लाख १० हजार रकम एक जनालाई पक्राउ गरेको छ ।  

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी ईटहर्वाकट्टीको संयुक्त टोलीले चेकजाँच गर्दा भारतको विहारका सितामढी जिल्लाका बेलो ग्रामपंचायत मचपकौनी बस्ने वर्ष ३७ को विनय साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिनु भयो ।  

विआर ३० एस ८५८९ नं.को प्लाटिना मोटरसाइकललाई शङ्काको आधारमा चेकजाँच गर्दा उक्त मोटरसाइकलको सिट मुनि लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली रुपैयाँ सहित पक्राउ गरेर आवश्यक कारबाहीको लागि जलेश्वर भन्सार कार्यालय मलिवारा पठाइएको प्रहरीले जनाएको छ । 

यस अघि भदौ ११ गते पनि २५ लाख श्रोत नखुलेको रकम जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button