तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंज महानगरपालिकाद्वारा अनुमति विना सञ्चालित दुई वटा कलेजमा सिलबन्दी

वीरगंज । वीरगंज महानगरपालिकासँग अनुमति नलिई अवैध रुपमा सञ्चालित विद्यालय तथा कलेजहरूलाई महानगरपालिकाले सिलबन्दी गरेको छ । 

अनुमतिविना नै सञ्चालनमा रहेको फेला परेपछि वीरगंज महानगरपालिकाले आज वडा नम्बर १३ मा सञ्चालित वीरगञ्ज स्कुल अफ ल र वडा नम्बर ११ मा सञ्चालित इम्पिरियल कलेजमा सिलबन्दी गरेको हो । 

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले अनुमति नलिई सञ्चालनमा रहेका विद्यालयलाई कारबाही गर्न निर्देशन दिएसँगै महानगरपालिका अन्तर्गतको नियमन समितिले विद्यालयमा सिलबन्दी गरेको हो ।

वीरगञ्ज महानगरपालिकाका प्रशासन महाशाखाका प्रमुख राजकृष्ण ताम्राकार, वडा नं. ५ का वडा अध्यक्ष प्रदीप चौरसिया, वडा नं. १३ का हिरा गिरी, शैक्षिक प्रशासन महाशाखा अधिकृत आनन्द लामिछाने, नारायण चापागाईँ, नियमन समितिका संयोजक ईश्वरचन्द्र यादव, नगर प्रहरी प्रमुख हरि भुषाल,  नगरप्रमुख सिंहका प्रमुख जनसम्पर्क सल्लाहकार नवराज फुयाँल लगायतको टोलीले दुवै कलेजमा पुगेर सिलबन्दी गरेको जनाइएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button