बेलौरीका नगर प्रमुख चौधरीका बुवाको विद्युतीय करेन्ट लागेर मृत्यु
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पाेतिलाल चौधरीका बुवा ७२ वर्षीय जनक लाल चौधरीको विद्युतीय करेन्ट लागेर मृत्यु भएको छ ।
मङ्गलवार साँझ नुहाउने क्रममा पानीको मोटरबाट करेन्ट लागेर बेहोस भएका चौधरीको धनगढी स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारका क्रममा गएराति मृत्यु भएको पारिवारिक श्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्