तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धनसँग कुनै सहमती भएकाे छैन : राजेन्द्र लिङ्देन

file photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले  संसदीय समितिको सभापति लिने क्रममा सत्ता गठबन्धनसँग कुनै लेनदेनकाे सहमती नगरेको बताउनुभएको छ । 

मध्यपूर्वको भ्रमण सकेर मंगलबार स्वेदश फर्किनुभएका  अध्यक्ष लिङ्देनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै  संसदीय समितिको सभापति लिएर कोशीमा सत्ता गठबन्धनलाई सघाउन लागेको  भन्ने कुरामा कुनै सत्यता नरहेको प्रष्ट पार्नुभयो । 

लिङदेनले भन्नुभयो, ‘कोशी प्रदेशको सभामुख त फालाफाल छ । हामीले मुख्यमन्त्री नै अस्वीकार गरेको कुरा कांग्रेसकै मुख्यमन्त्रीले भनिसकेका छन् । सभामुख र एक मन्त्री लिएर गठबन्धनलाई सघाउने भन्ने सरासर गलत प्रचार हो । हामीले चाह्यौँ भने मुख्यमन्त्री नै पाउन सक्छौँ ,’ उहाँले भन्नुभयो । 

लिङ्देनले आफूहरूको दलको हैसियत अनुसार समिति सभापति लिएको दाबी गर्नुभयो। उहाँले भन्नभयो, ‘हामीले एउटा समिति पाउँदा स्वार्थसँग दाँजिने हो भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन वटा समितिको नेतृत्व पाएको छ ।’ उसले गठबन्धनलाई के सघाउने सन्दर्भमा प्राप्त गरेको हो ? लिङ्देनको प्रश्न थियो ।  समिति सभापति लिनुलाई लेनदेनसँग जोडेर प्रचार गरिएको भन्दै उहाँले  त्यस्तो कुनै सहमति नभएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button