तपाईँ सुन्दै हुनुहुन्छः

ब्राउन सुगरसहित तीन जना पक्राउ

भद्रपुर, झापा । झापामा एकै पटक ठुलो परिमाणमा लागु औषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् ।

जिल्लाको झापा गाउँपालिकाबाट ५० ग्राम लागु औषध ब्राउनसुगरसहित तीन जनालाई सशस्त्र प्रहरी बलले आइतबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

पक्राउ पर्नेमा मोरङ जिल्ला उर्लाबारी नगरपालिका–७ का २७ वर्षीय विनोद लिम्बू, सोही नगरपालिका–१० का २६ वर्षीय सुरेश धिमाल र झापा गौरादह नगरपालिका–४ का २५ वर्षीय सन्देश लिम्बू रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी तथा सूचना अधिकारी दिनेश कटुवालले जानकारी दिनुभयो ।

झापा–१ बेलायतीबारीस्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बाका इन्स्पेक्टर दिपेन्द्रमणि राईको कमान्डमा खटिएको सशस्त्र प्रहरी टोलीले दुई वटा मोटरसाइकलमा सवार उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा ५० ग्राम ब्राउन सुगर, तीन थान मोबाइल र नगद ५१ हजार ८८५ रुपैयाँ फेला परेको थियो ।

सशस्त्र प्रहरीले  प्रदेश १–०२–०४७ प ७०४२ र को २१ प १०४० नम्बरको मोटरसाइकल, ब्राउन सुगर र नगदसहित पक्राउ परेका तीनै जनालाई थप कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button