त्रिशूली बस दुर्घटना : मृतकको सङ्ख्या आठ पुग्यो

धादिङ । काठमाडौँबाट म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको ३-०१-०५५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरी गाउँपालिका-२ छहरामा दुर्घटना हुँदा मृत्यु हुनेको सख्या ८ पुगेको धादिङका प्रहरी प्रमुख गौतम मिश्रले घटना स्थलबाट जानकारी दिनुभएकाे छ ।
मृतकमध्ये २ जना महिला र ६ जना पुरुष छन् । मृतकको सनाखत हुन सकेको छैन । बसको आधा भाग पानीमा डुबेको अवस्थामा छ त्रिशूलीमा पानीको बहाब बढी भएकाले खोज तलासमा समस्या भएको छ। अहिले सम्म १७ जनालाई उद्धार गरि उपचारको लागि काठमाडौँ पठाइएको छ।
उद्धार र खोजतलासका लागि अहिले घटनास्थलमा नेपाल प्रहरी, गोताखोर सहितको सशस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । बसमा कति सवार थिए भन्ने एकिन भइन नभएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयाे ।








प्रतिक्रिया राख्नुहोस्