सुस्ताको गण्डक नहरमा युवकको शव फेला
नवलपरासी ।पश्चिम नवलपरासीको सुस्ता स्थित गण्डक नहरमा एक युवकको शव फेला परेको छ ।
सुस्ता गाउँपालिका–२ गुडरीयामा गण्डक नहर किनारमा मृत अवस्थामा फेला परेको शव भारत विहार प्रदेशको पश्चिम चम्पारणका २२ वर्षीय सुजित पौलको रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेका अनुसार घटनाको बारेमा अनुसन्धान भइरहेको छ।
शवलाई पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्