‘तत्काल सम्पन्न गर्न सकिने योजनाको मात्रै डिपिआर गर्नुपर्छ’
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तत्काल सम्पन्न गर्न सकिने योजनाको मात्रै डिपिआर गर्नुपर्ने बताउनुभएको छ ।

प्रदेश नीति तथा योजना आयोगले दोस्रो पञ्चवर्षीय योजनाको अवधारणा पत्र तयार गरेको बताउँदै उहाँले आवश्यकताका आधारमा तत्काल सम्पन्न गर्न सकिने योजनालाई प्राथमिकता दिएर मात्र डिपिआर गर्नुपर्नेमा जोड दिनुभयो ।
सबै योजनामा बजेट नपुग्ने बताउँदै उहाँले डिपिआरको खर्च मात्रै धेरै हुने हुँदा यस्तो काम रोक्नुपर्ने उल्लेख गर्दै जति योजना सम्पन्न गर्न सकिन्छ तिनको मात्रै डिपिआर गर्नुपर्ने बताउनुभयो ।

आगामी वर्ष योजना बैङ्क मार्फत छनौट भएका योजनामा बजेट बिनियोजन गर्ने गरि तयारी गरिएको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो । प्रदेश समन्वय समितिको बैठकमा मुख्यमन्त्री पाण्डेले स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेशको समन्वयमा योजना बैङ्कमा योजना छनौट हुने बताउनुभयो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा आइतबार र सोमबार प्रदेश समन्वय समितिको बैठक तथा नव प्रवर्द्धन साझेदारी कोष कार्यक्रमको समीक्षा कार्यशाला सम्पन्न भएको हो ।








प्रतिक्रिया राख्नुहोस्