तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश स्थापना दिवसको पूर्व सन्ध्यामा वृक्षारोपण

सुर्खेत । कर्णाली सरकारले प्रदेश स्थापना दिवस, शहीद दिवस र नाग पञ्चमी पर्वको पूर्व सन्ध्यामा वृक्षारोपण गरेको छ ।

डिभिजन वन कार्यालय सुर्खेतको समन्वयमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय परिसर भित्र आज रुद्राक्ष, कपुर, तेजपत्ता लगायत विभिन्न २२ जातका बिरुवा रोपिएको हो । मुख्यमन्त्री राजकुमार शर्माको अगुवाइमा आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसी लगायत ७ जना मन्त्रीले वृक्षारोपण गर्नुभयो ।

प्रदेश सरकारले भदौ ४ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश प्राप्तिको आन्दोलनमा शहीद भएका व्यक्तिको सम्झनामा भदौ ४ गते प्रदेशमा शहीद दिवस समेत मनाइने जनाइएको छ ।

कर्णाली प्रदेश स्थापनाको आन्दोलनका क्रममा सुर्खेतका यामबहादुर बिसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुँवरले ज्यान गुमाउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button