प्रमुख दलहरूकै सहमतिमा प्रतिनिधिसभाको बैठक पर्सिलाई सारियो

काठमाडौँ । संसद्को जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाउनुभएको प्रमुख दलहरूको बैठकमा सहमति जुट्न नसकेपछि आज दिउसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भदौ ५ गते मङ्गलवारसम्मका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री प्रचण्डले बोलाउनु भएको बैठक सकारात्मक दिशामा अघि बढेकोले दलहरूले दुई दिन पछि बैठक राख्न सभामुखलाई अनुरोध गरेपछि सभामुखले आजको बैठक स्थगित गरी पर्सी मङ्गलवार ३ बजेका लागि बैठक राख्नुभएको सभामुखको सचिवालयले जनाएको छ ।
सभामुखको सचिवालयका अनुसार प्रमुख दलहरूको तर्फबाट बैठक स्थगित गर्न नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सभामुखलाई आग्रह गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्