तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचारलाई जरैदेखि उखेल्छौ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सार्वजनिक निकायहरूमा डिजिटल गभर्नेन्सको प्रयोग बढाउनुपर्ने र सूचनाको हकलाई आम जनतामा पुर्‍याई भ्रष्टाचार नियन्त्रण गर्न महाअभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । 

राष्ट्रिय सूचना आयोगले काठमाडौँमा आज आयोजना गरेको १७ औँ राष्ट्रिय सूचना दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्डले कानुन कार्यान्वयनमा सार्वजनिक निकायलाई अझै बढी जिम्मेवार र जबाफदेही बनाउनुपर्ने बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले सरकार देशको समृद्धि र सामाजिक न्यायको पक्षमा दृढतापूर्वक अघि बढेको भन्नुहुँदै भष्टाचारजस्तो जघन्य अपराधलाई जरैदेखि उखेलेर सुशासन कायम गर्ने कार्यमा सबैको साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले सूचनाको हक सम्बन्धी कानुन लागू भएको लामो समय हुँदा पनि जनतासँग प्रत्यक्ष जोडिएका आम सरोकारका विषयमा अधिकांश निकायका सूचना प्रवाहको अवस्था कमजोर देखिएको बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक पदाधिकारीहरूको काम कारबाहीबारे जनताले निगरानी बढाई भ्रष्टाचार नियन्त्रण गर्न सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button