डडेल्धुरामा भदौ १७ गतेदेखि गौरा महोत्सव हुने
डडेल्धुरा । डडेल्धुरामा भदौ १७ गतेदेखि गौरा महोत्सव हुने भएको छ ।
७ भदौमा गौरा पर्व मनाउने तयारी रहेकोमा १७ गतेदेखि जिल्ला सदरमुकाममा राष्ट्रिय गौरा महोत्सव हुने भएको हो । डडेल्धुरा सदरमुकाममा आयोजना हुने गौराका लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूबाट देउडियाहरु आउने गर्दछन् ।

विगतका वर्षहरू जस्तै यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिले राष्ट्रिय गौरा महोत्सव आयोजना गर्न लागेको हो । समितिका अध्यक्ष देवराज भट्टले १७ गतेदेखि २१ गतेसम्म जिल्ला सदरमुकामको बसपार्कमा गौरा महोत्सव आयोजना हुने जानकारी दिनुभयो ।
महोत्सवमा प्रतिस्पर्धात्मक गौरा नाच, बालो नाच, चैत, धुमारी, फाग, घुइँचम्फा, हुडकेली, महिला तथा पुरुष खुल्ला देउडा प्रतियोगिता आयोजना हुने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्