‘व्यापारिक विश्राम’ : हातमा कोदालो र हँसिया
भोजपुर । व्यापार, व्यवसाय सञ्चालन गरेर बसेका भोजपुर व्यवसायीको हातमा अचेल प्रत्येक शुक्रवार कोदालो र हँसिया हुने गरेको छ ।
व्यापारिक विश्राम भन्दै प्रत्येक हप्ताको शुक्रवार बजार क्षेत्रमा पसल तथा व्यवसाय बन्द हुने भएकाले व्यवसायीहरू जन श्रमदानमा जुट्न थालेका हुन् ।

पसलमा ग्राहक पर्खेर बस्ने व्यवसायी अहिले बजार क्षेत्र, मठमन्दिर, सडक सरसफाइदेखि वृक्षारोपणमा सक्रिय छन् । बन्दको समयमा त्यतिकै बस्नु भन्दा प्रत्येक हप्ता तालिका बनाएरै जन श्रमदान सुरु गरिएको उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले बताउनुभयो ।
धार्मिक संरक्षण सम्पदा समिति र उद्योग वाणिज्य संघ भोजपुरको समन्वयमा मन्दिर आसपास र बाटो सरसफाई साप्ताहिक रुपमा नियमित गरिँदै आएको अध्यक्ष मोक्तानको भनाई रहेको छ ।
सधैँ व्यापार व्यवसायमा मात्र लाग्नु भन्दा एक दिन बन्द सदुपयोग गर्दै सामाजिक कार्यमा लाग्न प्रेरणा मिलेको व्यवसायी नवराज श्रेष्ठले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्