तपाईँ सुन्दै हुनुहुन्छः

म्याग्दीको पर्यटकीय गाउँ चिमखोला (फोटोफिचर)

म्याग्दी । विश्वभर लोकप्रियता कमाइरहेको थालि नाचको उद्गम थलोको रूपमा चिनिएको रघुगंगा गाउँपालिका –७ को पर्यटकीय गाउँ चिमखोला । 

चिटिक्क र गुचुप्प घरहरू मिलेर बसेको चिमखोला बस्ती टाढाबाट हेर्दा आकर्षक देखिन्छ । यहाँ एक सय ८० घरपरिवारको बसोबास छ । मगर जाति बढी बसोबास रहेको चिमखोला गाउँ सांस्कृतिक विविधताले भरिपूर्ण छ । 

चिमखोला गाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्थानीयले धौलागिरि आईसफल र रिखार जाने पर्यटकको लागि लक्षित गरेर कला संस्कृति संरक्षण तथा होमस्टे सञ्चालन गरेका छन् । सडक सुविधा समेत पुगेको छ ।

यहाँ थालि नाचका साथै जुरे चल्ला र टोपा नाचसँगै सर्मजाले र कलश जुधाउने जस्ता मौलिक संस्कृति छन् । भूमे पूजाको अवसरमा भूमेलाई खुसी बनाउन कालो मोसो दल्ने संस्कृतिको महत्त्व र महिमा अझै बढी छ ।

मौलिक संस्कृतिलाई हराउन नदिन हरेक भुमेपुजा मेलामा मौलिक संस्कृतिहरू देखाउने र परम्परागत संस्कृतिलाई जर्गेना गर्ने कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको वडा अध्यक्ष थकबहादुर पाईजाले बताउनुभयो । 

रघुगंगा गाउँपालिकाले चिमखोलालाई सांस्कृतिक गाउँको रूपमा पनि घोषणा गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button