तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आज स्वदेश फर्किनुभएको छ । 

युरोपमा भएका पार्टी सम्बद्ध विभिन्न कार्यक्रममा सहभागी भई उहाँ आज स्वदेश फर्किनुभएको हो । अध्यक्ष नेपाल आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएको हो । 

आउँदो भदौ १ गतेसम्मका लागि विदेशका कार्यक्रममा सहभागी हुन जानु भएका अध्यक्ष नेपाल भ्रमण छोट्याएर आज स्वदेश फर्कनु भएको हो । उहाँ यही साउन २२ गते पार्टी सम्बद्ध विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button