तपाईँ सुन्दै हुनुहुन्छः

त्रिशुली नदीले खाल्टे क्षेत्रमा कटान गर्न थालेपछि स्थानीय रातभर सुरक्षित क्षेत्रमा बस्न बाध्य

रसुवा। अबिरल बर्षापछि त्रिशुली नदीको बहाब बढेसँगै रसुवाको उत्तरगया गाँउपालिका- ५ मा रहेको खाल्टे क्षेत्रमा बसोबास गर्नेहरु रातभर अन्यत्र बस्नु परेको छ ।

खाल्टे क्षेत्रमा त्रिशुली नदीले कटान गर्न थालेपछि बस्तिमा पानी पस्ने डरले खाल्टे क्षेत्रमा बसोबास गर्ने आफन्त कहाँ बस्नु परेको छेकु तामाङले बताउनुभयो । २०७२ सालका भुकम्प पिडीतहरु उक्त क्षेत्रमा अस्थायी टहरा बनाई बसोबास गर्दै आएका छन् ।

यसैबीच जल तथा मौसम बिज्ञान बिभागले राती सवा आठ बजे रसुवाको भोटे काशी नदी स्याफ्रुबेसी केन्द्रमा जल सतह पार गरेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुले उच्च सर्तरकता अपनाउन सूचना समेत जारी भएको थियो ।

यसैगरि जिल्ला प्रशासन कार्यालय रसुवाले पनि भोटे कोशी तथा अन्य साना खहरे खोलाहरुमा पानीको सतह उच्च भएकाले नदी आसपासमा बसोबास गर्नेहरुले उच्च सर्तकता अपनाउन आग्रह गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button