झापामा १० हजार मेट्रिक टन सुपारी उत्पादन

भद्रपुर, झापा । आर्थिक वर्ष २०७९/०८० मा झापामा १० हजार मेट्रिकटन भन्दा बढी सुपारी उत्पादन भएको छ ।
कृषि ज्ञान केन्द्र झापाका अनुसार व्यावसायिक खेती हुँदै आएको झापामा आ.व. ०७९/०८० मा २ हजार ७७० हेक्टर क्षेत्रफलमा १० हजार ३७० मेट्रिकटन सुपारी उत्पादन भएको छ । झापामा अघिल्लो वर्षभन्दा झण्डै २ हजार मेट्रिक सुपारी उत्पादन बढेको कार्यालयले जनाएको छ ।
झापाका उत्तरी क्षेत्रमा व्यावसायिक सुपारी खेती हुँदै आएको छ । साविक बुधबारे, शान्तिनगर, शनिश्चरे र बाहुनडाँगीमा सुपारीको व्यावसायिक खेती हुँदै आएको छ भने झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुपारी जोन सञ्चालनमा छ । सुपारी जोनका कारण पनि उत्पादन वृद्धि भएको ज्ञानकेन्द्रले जनाएको छ ।
यहाँ उत्पादित सुपारी कोटा प्रणालीमार्फत भारत निकासी हुने गर्दछ ।








प्रतिक्रिया राख्नुहोस्