आयोग उपाध्यक्ष श्रेष्ठ र युएनडिपी नेपाल प्रतिनिधिबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का यहाँस्थित आवासीय प्रतिनिधि आयशानी मेडागङ्गोडा लाबेले भेटवार्ता गर्नुभएको छ । आयोग उपाध्यक्ष श्रेष्ठ र युएनडिपी नेपाल प्रतिनिधि लाबेबीच आज सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा भेटवार्ता भएको हो ।

भेटमा नेपाल प्रतिनिधि लाबेले आयोगले बनाउँदै गरेको १६ औँ आवधिक योजनाबारे चासो राख्दै त्यसका लागि नेपाल सरकारले आवश्यक ठानेमा युएनडिपी सहयोग गर्न तयार रहेको बताउनुभयो ।
आयोगका उपाध्यक्ष श्रेष्ठले युएनडिपीले नेपालका लागि पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्य हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । सोह्रै आवधिक योजना यसअघिको भन्दा फरक हुने बताउँदै उपाध्यक्ष श्रेष्ठले १६ औँ योजना तर्जुमाको मोडालिटी र यसको सोच तथा लक्ष्य र रणनीतिक लक्ष्यका विषयमा जानकारी गराउनुभएको थियो ।
भेटवार्तामा आयोगका सहसचिव प्रकाश दाहाल, कार्यक्रम निर्देशक डा नारायण पौडेल लगायतका अधिकारी सहभागी हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्