महिला विश्वकप फुटबल: स्पेन सेमिफाइनलमा प्रवेश
काठमाडौँ । अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपमा नेदरल्यान्ड्सलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार बिहान वेलिटंनमा सम्पन्न पहिलो क्वाटर फाइनल खेलमा स्पेन २–१ गोल अन्तरले विजयी भएको हो । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
स्पेनकि साल्मा पारेलुले १११ औ मिनेटमा गोल गरेपछि स्पेन विजयी भएको हो । योसँगै स्पेन पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ । अघिल्लो संस्करणको उपविजेता नेदरल्यान्ड्स भने अन्तिम ८ बाटै घर फर्किएको छ ।
अर्को खेलमा जापानलाई हराउँदै स्विडेन सेमिफाइनलमा प्रवेश गरेको छ ।
उपाधि दाबेदार मानिएको जापानविरुद्ध स्विडेन २–१ गोलअन्तरले विजयी भएको हो । फाइनल प्रवेशका लागी स्विडेनले स्पेनको सामना गर्नेछ । स्विडेन यस अघि अर्को बलियो टोली अमेरिकालाई पराजित गर्दै क्वाटर फाइनलमा आएको थियो ।








प्रतिक्रिया राख्नुहोस्