तपाईँ सुन्दै हुनुहुन्छः

मुम्बई लैजाँदै गरिएकी किशोरीको उद्धार

दैलेख।दैलेख जिल्ला घर भएकी एक किशोरीलाई चाईल्ड लाइन, दिल्ली पुलिस र किन ईन्डियाको संयुक्त प्रयासमा दिल्ली रेलबे स्टेशनबाट उद्धार गरिएको छ ।

किन इन्डियाका प्रमुख नवीन जोशीका अनुसार एक जना व्यक्तिले राम्रो काम लगाइदिने र फिल्ममा समेत काम दिने लालच दिएर उक्त बालिकालाई रेल मार्फत बोलाएको हुनाले उनी घरमा कसैलाई नभनी घर बाट हिँडेको बताएकी छन् । मुम्बई जान हिँडेकी उनलाई मुम्बईमा कुन ठाउँ जाने भन्ने समेत जानकारी छैन । उनलाई सम्पर्क गरेको एउटा मोबाइल नम्बर थियो तर अहिले उक्त नम्बर बन्द छ l

बालिकालाई अहिले नेपाली राजदूतावास दिल्लीको समन्वयमा CWC मा पेश गरी सुरक्षित आवास गृहमा राखेर परामर्श गरिँदै छ भने कानुनी प्रक्रिया पूरा गरी स्वदेशफीर्ति गराइने Kin India का नेपाल संयोजक तथा अधिकारकर्मी ईन्द्रराज भट्टराईले जानकारी गराएका छन्।

यसै गरी उनले कुनै पनि सामाजिक सञ्जालबाट लोभ लालच दिएर बोलाउँदा विश्वास नगर्न र घर परिवारको जानकारी बिना कहीँ कतै नजान महिला तथा बालबालिका अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button