घारमा जीप दुर्घटना, घारखोला जलविद्युतका लेखापाल घाइते, हेलिकप्टरमार्फत उद्धार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ घारमा जीप दुर्घटना भएको छ। घारखोला जलविद्युत आयोजना (१४.२मेगावाट) को बा १८ च ८५९० नम्वरको बोलेरो जीप दुर्घटना हुँदा आयोजनाका लेखापाल सुरेश पराजुली गम्भीर घाइते भएका छन् ।
आयोजनाको पोखरबगरेस्थित कार्यालयबाट सोही वडाको अमिलाकाफलस्थित आउटलेटमा जानेक्रममा घुम्तीमा गाडी घुमाउन खोज्दा ब्रेक फेल भई नालीमा पल्टेको थियो ।
घाइते पराजुलीलाई घार स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर हेलिकप्टरमार्फत थप उपचारका लागि पोखरा हुँदै काठमाडौँ लैजाने तयारी भएको गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताउनुभयो ।
जीपमा घाइते पराजुलीसहित ५ जना सवार थिए । अन्य चारजनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ।








प्रतिक्रिया राख्नुहोस्