तपाईँ सुन्दै हुनुहुन्छः

गाउँ गाउँमा बजार बसाल्दै मध्यपहाडी लोकमार्ग (फोटोफिचर)

रुकुम पश्चिम । राष्ट्रिय गौरवको आयोजना समेत रहेको मध्यपहाडी लोकमार्गको धेरै भाग पर्ने जिल्लामा रुकुम पनि पर्छ । रुकुम पूर्व र रुकुम पश्चिममा रहेको १ सय २३ किलोमिटर लामो सडकको अधिकांश ठाउँको कालोपत्रे भइसकेका छन् भने केही भागको काम बाँकी छ । 

लोकमार्ग बाटो कालोपत्रे भएपछि यात्राको दुरी पनि छोटिएको छ । रुकुम पश्चिमको चौरजहारी देखि रुकुम पूर्वको काँक्रीसम्म पहिले एक दिनभन्दा बढी समेत लाग्ने गरेको भए पनि अहिले ५÷६ घण्टामा नै सवारी साधनामार्फत यात्रा गर्न सकिन्छ । मध्यपहाडी लोकमार्गले यात्रालाई मात्र सहज बनाएको छैन गाउँ गाउँमा बजार समेत बिस्तार गरेको छ । 

रुकुम पश्चिमको चौरजहारी, सिम्ली, सेरीगाउँ, रुकुमकोट र काँक्री लगायतको सडक छेउछाउमा बजार बिस्तार पनि ह्वात्तै बढेको छ । व्यापार व्यवसायहरू गर्न स्थानीय तथा बाहिरका व्यक्तिहरू सडक छेउछाउ र बजार केन्द्रहरूमा स्थायी तथा अस्थायी भवनहरू निर्माण समेत गरिरहेका छन् ।

जसले गर्दा स्थानीय तहमा उत्पादित सामाग्री बाहिर लैजान र बाहिरको सामाग्री किनमेल गरेर लिन समेत स्थानीयलाई सहज भएको छ । सङ्घीयतासँगै स्थानीय तहमा सरकारहरू सञ्चालन भए पनि वडा तथा पालिका स्तरका कार्यालय परिसरहरूमा पनि होटल लगायतका अन्य व्यवसायहरू गर्ने पनि बढेका छन् । जसले गर्दा सहर केन्द्रित आर्थिक क्रियाकलाप र व्यवसायहरू गाउँतिर पनि छिर्न थालेको हो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button