तपाईँ सुन्दै हुनुहुन्छः

मुवा झरना पर्यटकहरूको आकर्षक गन्तव्य ( फोटो फिचर)

पाँचथर ।पाँचथरको फालेलुङमा अवस्थित मुवा झरना पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । फालेलुङ गाउँपालिका – ५ र ६ को सिमानामा रहेको झरना हेर्नका लागी पाँचथर सहित तेह्रथुम, ताप्लेजुङ, इलाम , झापा लगायतका जिल्ला बाट पनि पर्यटक आउने गरेका छन् ।

सोचे भन्दा धेरै राम्रो र आकर्षक झरना देख्दा हर्षित भएको तेह्रथुम आठराई बाट आएका पर्यटक सुनिल श्रेष्ठको भनाई छ । धेरै जसो झरनाहरू हिउँद लागे पछि सुक्ने गरेता पनि यो झरनामा १२ महिना नै पानी झर्ने भएकोले झनै आकर्षण बनेको छ । वर्षादको समयमा पानीको मात्रा बढी हुने भएकोले अझ आकर्षक देखिन्छ । अग्लो पहाड बाट झरेको पानी , झरना हेर्न बनाइएको झोलुङ्गे पुल, आसपासमा भएको भिर मौरीको गुण लगायतको मनोरम दृश्यले पर्यटकहरूलाई आकर्षण गरिरहेको छ ।

राई भाषामा मुवाको अर्थ ‘निरन्तर बगिरहने आँसु’ भन्ने हुन्छ । आँशुजस्तै निरन्तर पानी झरिरहने भएकाले झरनाको नाम ‘मनुवा’ राखिएको स्थानीय बताउँछन् । शनिबार र बिदाको दिन झरना हेर्न धेरै पर्यटकहरू आउने गरेका छन् । झरना स्थल नजिकै सम्म सडक पुगेकाले मोटरसाइकल र ट्याक्सी बाट पुग्न सकिन्छ ।

हाल दैनिक १ सय देखी १ सय ५० पर्यटकहरू आउने गरेको स्थानीय बताउँछन् । सदरमुकाम फिदिम बाट फिदिम– फालोट सडक हुँदै करिब १ घण्टा ३० मिनेट पक्की, ३० मिनेट कच्ची र १५ मिनेट पैदल यात्रा गरेपछि मनुवा झरना पुग्न सकिन्छ ।

झरना सम्म पुग्नका लागी बोर्डको व्यवस्था, सडक सुधार, र होटलको व्यवस्थापन गर्नुपर्ने आवश्यक देखिएको पर्यटक बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button