तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा साउनयता १० जनामा डेङ्गी देखियो

टीकापुर । कैलालीमा साउन यता १० जनामा डेङ्गी देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीको तथ्याङ्कअनुसार कैलालीमा चेकजाँच गरिएका मध्ये १० जनामा डेङ्गी देखिएको हाे । उनीहरू मध्ये दुई जना अन्य जिल्लाका रहेका छन् ।

चेकजाँच गरिएका मध्ये जोशीपुर गाउँपालिका र धनगढी उप–महानगरपालिकाका ३/३ जना र गोदावरी नगरपालिकाका २ जनामा डेङ्गी पुष्टि भएको छ । अन्य एक जना दार्चुलाका र अर्का कञ्चनपुर पुनर्वासका रहेका छन् ।

डेङ्गी देखिएका अधिकांश नागरिक भारतबाट काम गरेर घर फर्केकाहरू रहेका जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर धामीले जानकारी दिनुभयो ।

अहिले स्वास्थ्य कार्यालयले जिल्लाका बढी लामखुट्टे हुने स्थानहरूमा लामखुट्टेका लार्भा खोज र नष्ट गर अभियान सुरु गरेको बताउँदै धामीले त्यसमा सबैलाई सरिक हुन आग्रह पनि गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button