संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु

काठमाडौँ । संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।
प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बोलाइएको संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको हो ।
आजको बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने जनाइएको छ ।
यसअघि, मङ्गलवार बसेको परिषद्को बैठक भने निष्कर्षविहीन टुङ्गिएको थियो । प्रधानन्यायाधीशको नाम सिफारिसबारे दलहरूले सहमति जुटाउन नसक्दा मङ्गलवार स्थगित भएको बैठक आज पुनः बसेको हो ।








प्रतिक्रिया राख्नुहोस्