कोशी प्रदेश मुख्यमन्त्रीसँगै केही मन्त्रीको शपथ आज
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज शपथ लिनुहुने भएको छ । मुख्यमन्त्री थापाले पहिलो चरणमा केही मन्त्री नियुक्त गर्ने तयारी पनि गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिनुहुनेछ ।
प्रदेश प्रमुखको कार्यालयले शपथका लागि १०ः३० बजेको समय निर्धारण गरेर तयारी गरिरहेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
प्रदेश प्रमुख परशुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार मङ्गलवार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको समर्थन प्राप्त काँग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । थापासँग सरकार गठन गर्न आवश्यक पर्ने न्यूनतम सङ्ख्या ४७ जना सांसदको समर्थन छ ।








प्रतिक्रिया राख्नुहोस्