सडक मर्मत नहुँदा रमुवाका स्थानीयलाई सास्ती
गलकोट। वर्षा यामको सुरुवात सँगै मोटरबाटो बिग्रँदा गलकोट नगरपालिका वडा न १० पाण्डबखानि रमुवाका स्थानीयले समस्या झेल्दै आएका छन् ।१ सय ४३ घर धुरी बस्ती भएको रमुवाको जनता अहिले महँगो खाधन्न आयात सँगै त्यहाँ उत्पादन भएको आलु विक्री गर्न सास्ती भोग्नु परेको छ ।
बिरामी हुँदा अस्पताल जानलाई बोक्नु पर्ने र हिँड्न कठिनाइ भएको स्थानीय चक्र बहादुर रानाले जानकारी दिनुभयो । अहिले हटिया बागलुङ बाट लिएको खाधन्न खराब बाटोका कारण बिच बाटो बाटै स्थानीयलाई बोकाएर सामान पसल सम्म पुयाउन परेकोले बुद्ध विकले बताउनुभयो ।
बाटो मर्मतका लागि नगरपालिकाले खासै चासो नदिएको स्थानीयको गुनासो छ ।सवारी साधन तथा पैदल यात्रा गर्न समेत कठिनाइ भए पछि स्थानीयले श्रमदान गरेर बाटो मर्मत गर्न थालेका छन् ।आफ्नो उत्पादित नगदे बाली आलु समेत विक्री गर्न नसकेको र आलु एउटै घरमा ३० मुरी भन्दा माथि उत्पादन गरेको स्थानीयको भनाई छ ।
बाटो मर्मतको लागि सघन सहरी विकास कार्यक्रम अन्तरगत को १ करोडको रकमलाई सर्बशिद्ध कन्ट्रसनले ठेक्का मार्फत काम गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्