तपाईँ सुन्दै हुनुहुन्छः

खेलाडीलाई सम्मान गर्ने बक्सिङ महासङ्घको निर्णय

काठमाडौँ । नेपाल बक्सिङ महासङ्घले एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ ।

महासङ्घको नवनिर्वाचित कार्यसमिति बैठकले एसियन गेम्समा पदक जित्ने खेलाडी नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको हो ।

बैठकले चीनमा हुने एसियन गेम्समा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही १० लाख, रजत जित्नेलाई ५ लाख र कांस्य पदक जित्ने खेलाडीलाई २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको छ ।

महासङ्घको कोष वृद्धि गर्न पदाधिकारीबाट १५ हजार र सदस्यबाट १० हजार रुपैयाँ सङ्कलन गर्ने निर्णय गरेको संस्थाले मासिक रुपमा पदाधिकारीबाट ५ हजार र सदस्यबाट ३ हजार रुपैयाँ सङ्कलन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button