आउँदा दिनमा भ्रष्टाचारका अन्य फाइल खुल्दै जानेछन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आउँदा दिनमा भ्रष्टाचारका अन्य फाइलहरू पनि खुल्दै जाने बताउनु भएको छ ।
काठमाडौँमा आज आयोजित समाजवादी विद्यार्थी सङ्गठनको मोर्चा घोषणा कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकार भ्रष्टाचार विरोधी काममा निरन्तर अगाडि बढिरहेको र त्यसका लागि सबैको समर्थन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा, प्रधानमन्त्री प्रचण्डले आउँदो मङ्गलवार पहिलो संघीय शिक्षा ऐन मन्त्रिपरिषद्बाट पारित गरी सदनमा पठाउने तयारी रहेको पनि जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक नगरिएको उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन खोजी भइरहेको जानकारी समेत दिनुभयो ।
उहाँले पर्सि मङ्गलवार त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष नियुक्त गरिने तयारी रहेको पनि बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले समाजवादी शिक्षाको सुरुवात गर्न सरकार नयाँ प्रक्रियाबाट अगाडि बढेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्