तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु 

सर्लाही । सर्लाहीमा छुट्टाछुट्टै घटनामा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । 

जिल्लाको गोडैता नगरपालिकामा आज पानीमा डुबेर एक बालिकाको मृत्यु भएको हो । 

गोडैता नगरपालिका–१०, मा सडक बनाउन खनेको खाडलमा घुँगी टिप्न जाँदा डुबेर सोही स्थानका रामप्रवेश महतोको छोरी १३ बर्षीया नेहा कुमारीको मृत्यु भएको हो । 

पानीमा डुबेकी नेहालाई तत्काल उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

बालिकाको बव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ । 

यस्तै, जिल्लाको बलरा नगरपालिकामा आज दिउँसो चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । 

पानी परिरहेको अवस्थामा भैँसी चराइरहेका हथिऔल निवासी ४५ वर्षका अर्जुन पटेलको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । 

चट्याङ लागेर पटेलले चराइरहेको भैँसी समेत मरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दीपेन्द्र पंजियारले जानकारी दिनुभयो । 

मृतक पटेलको शव मुचुल्कासहित पोष्टमाटर्मका लागि जिल्लाबाट प्रहरी टोली घटना स्थल पुगेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button