पुरानो संसद् भवनलाई पुरानै शैलीमा पुन निर्माण गर्नुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले सिंहदरबारस्थित पुरानो संसद् भवनलाई जतिसक्दो छिटो पुरानै शैलीमा पुन निर्माण गरिनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमाको संसद् सचिवालय सिंहदरबारमा आज बसेको बैठकमा सांसदहरुले एक सय वर्षको इतिहास बोकेको ग्यालरी बैठकलाई पुन निर्माण गरी संग्राहालयका रुपमा विकास गर्न सुझाव दिनुभयो ।

बैठकमा शहरी विकास मन्त्री सीता गुरुङले पुरानो संसद् भवनको पुनर्निर्माण आगामी मङ्सिरबाट सुरु गरिने र भवन निर्माण गरिदा पूर्ण रुपमा पुरानै कला कौसललाई यथावत् गरिने जानकारी गराउनुभयो ।
बैठकमा शहरी विभाग तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठले ग्यालरी बैठकलाई कसरी पुन निर्माण गर्न सकिन्छ भनेर हालसम्म भएका अध्ययन र प्रगतिबारे जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्