तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा भन्सार छलीका ११ वटा मोटरसाइकल र कपडा बरामद 

कञ्चनपुर । कञ्चनपुरमा भन्सार छलीका मोटरसाइकल र कपडा बरामद गरिएको छ। गोप्य सूचनाको आधारमा कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर–१८ भगतपुरमा भन्सार छली गरी ल्याएका विभिन्न कम्पनीका ११ थान मोटरसाइकल  बरामद गरिएको हो।

अन्दाजी ५ लाख २० हजार मूल्य बराबरको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो। 

यस्तै भिमदत्त नगरपालिका वडा नम्बर–४ चमन चोकमा अन्दाजी १ लाख ५० हजार मूल्य बराबरका कोट पाइन्टका कपडा बरामद गरिएको छ। मोटरसाइकल र कपडा बेवारिसे अवस्थामा फेला परेको र आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको प्रहरीले बताएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button