चापाकलहरु सुक्न थालेपछि पम्प सेट सञ्चालनमा रोक
जनकपुरधाम । लामो समयसम्म पानी नपरेका कारण चापाकलहरु सुक्न थालेपछि नेपाल भारतको सीमावर्ती गाउँहरूमा खेतीका लागि पम्प सेट सञ्चालनमा रोक लगाइएको छ ।

अहिले खेती भन्दा पनि मान्छेलाई बाँच्नका लागि खानेपानी आवश्यक रहेकाले भएको चापाकल सुक्न नदिनका लागि त्यसो गरिएको महोत्तरीका सञ्चारकर्मी बब्लु चौधरीले जानकारी दिनुभयो । कसैले जानकारी नदिई दमकल चलाएको पाइए आर्थिक रुपमा दण्डित गर्ने निर्णय भएको चौधरीले बताउनुभयो ।

चापाकल सुकेपछि धनुषाको ललिया, कजरा रमौल, हठीपुर, मङ्गलपुर सहितका गाउँमा ट्याङ्करबाट खानेपानीको आपूर्ति भइरहेको हंसपुर नगरपालिका ६ का भुल्ला रायले जानकारी दिनुभयो ।
गाउँमा किसानहरुले पानीको अभावमा खेती गर्न पाएका छैनन् । खेतहरूमा धुलो उडिरहेको छ ।
यसैगरी, भारतको विहार क्षेत्रमा पनि पम्प सेट प्रयोग गरेर खेतमा सिँचाइ गर्न रोक लगाएको छ । कसैले प्रयोग गरेको पाइए ३० देखि ४० हजार जरिवाना गर्ने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्