अमेरिकी प्रविधिबाट उत्पादित ट्रु–मी का उत्पादन अब नेपाली बजारमा

काठमाडौँ । अमेरिकी प्रविधिबाट उत्पादित ट्रु–मी (True Me) का व्यावसायिक उत्पादन नेपाली बजारमा आधिकारिक रुपमा बिक्री वितरण प्रारम्भ भएको छ । सोमबार काठमाडौँमा आयोजित एक औपचारिक कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ट्रु–मी (True Me) का विभिन्न उत्पादनहरूको औपचारिक सार्वजनिक गर्नु भएको हो ।
सोमबारबाटै देशभरि बिक्री वितरण प्रारम्भ हुने जानकारी नेपालका लागि कारोबारको आधिकारिता पाएको कम्पनी ट्रु ड्रमा एसए प्रा.लिका अध्यक्ष मुरारकाले जानकारी दिनुभयो । नेपालमा ट्रु ड्रमाका विभिन्न उत्पादनहरू बिक्री गर्दै आएको कम्पनीले औपचारिक रुपमा ट्रु–मी (True Me) का उत्पादन समेत बिक्री वितरण शुरु गरेको कम्पनीका अध्यक्ष मुरारकाले जानकारी दिनुभयो ।
‘ट्रु–मी (True Me) का उत्पादनहरूलाई हामीले बितेको तीन महिनादेखि नेपाली बजारमा परीक्षण स्वरूप बिक्री वितरण गरेका थियौँ, बजारमा सकारात्मक प्रतिक्रिया पायौँ जसले गर्दा हामीलाई बजार विस्तारका लागि थप उत्साही बनाएको छ’, ट्रु ड्रमा एसएका अध्यक्ष मुरारकाले भन्नुभयो, ‘अमेरिकी प्रविधिबाट उत्पादित हेयरकेयर र स्किन केयर सामग्री भएर होला, उपभोक्ताको प्रतिक्रिया अपेक्षाकृत रुपमा सकारात्मक पायौँ ।’
नायिका स्वस्तिमा खड्काले टु ड्रमाले उत्पादन गरेका सामाग्री गुणस्तरीय हुने र अमेरिकन प्रविधिबाट उत्पादित ट्रु मी (True Me) का विभिन्न उत्पादनहरू समेत गुणस्तरीय र प्रभावकारी हुने भएकाले यो ब्राण्डसँग आफु जोडिएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै टु मीका उत्पादनका लागि ब्राण्ड एम्बेस्डर तथा सिनियर ब्युटी स्पेसलिस्ट रुश्का वैद्य श्रेष्ठले भन्नुभयो, ‘क्लिनिकल्ली प्रमाणित, प्राकृतिक सामाग्रीबाट उत्पादन भएको तथा छाला विशेषज्ञले समेत सिफारिस गरेको उत्पादन भएकोले ट्रु मीका उत्पादनमा विश्वसनीयता निहित छ। यी सामग्रीमा कुनै हानिकारक तथा रसायन पदार्थ समेत नरहेकोले सबैले प्रयोग गर्न उपयुक्त छन् ।’
नेपाली बजारमा आधिकारिक रुपमा १७ प्रकारका ट्रु–मी (True Me) का हेयर–केयरका उत्पादन उपलब्ध हुनेछन् ।
बजारमा उपलब्ध सामग्रीहरूमा क्रेराटिन हेयर सिरम, हेयर फल कन्ट्रोल स्याम्पु, क्रेराटिन हेयर स्ट्रेट्रिङ्क, हेयर ब्लीज पाउडर, डेपल्पर, हेयर टिट्मेन्ट स्पा र हेयर वाक्स उपलब्ध रहेका छन् । त्यसैगरी, गोल्ड एन्ड हनी कलेक्सन (फेस स्कृब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क), ओवाटोन पपया कलेक्सन (फेस स्क्रब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क), मिक्स फ्रुट्स कलेक्सन (फेस स्कृब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क), डायमन कलेक्सन (फेस स्क्रब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क), स्किन ह्वाईटनिङ्ग प्रोड्क्ट ( फेस स्कृब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क) र रोज फेस टोनर लगायत कस्मेटिक उत्पादनहरू छन् ।
ट्रु–मीका हेयर–केयर र स्किन केयरका सामग्रीहरु सबै प्रकारका केश तथा छालाका लागि उपयुक्त र प्रभावकारी रहेको कम्पनीको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्