तपाईँ सुन्दै हुनुहुन्छः

‘परम्पराका नाममा महिलाहरू अझै पीडा भोग्न बाध्य’

काठमाडौँ । प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिमा संयुक्त राष्ट्र संघीय महिलाविरुद्ध भेदभाव उन्मुलन गर्ने सिड समितिबारे जानकारी गराइएको छ ।

समितिको संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकमा पूर्व उपसभामुख पुष्पा भुषालले सिड समितिबारे जानकारी गराउँदै नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिबद्धता पालना गर्न नसकेको बताउनुभयो ।

समाज परिवर्तनका लागि सामूहिक परिवर्तनको आवाज उठाउनुपर्नेमा जोड दिँदै उहाँले अन्तर्राष्ट्रिय तहमा हस्ताक्षर गरेअनुसार नियम कानून बनाउने सन्दर्भमा नेपालको कमजोरी रहेको बताउनुभयो ।

बैठकमा पूर्व उपसभामुख भुषालले सिड समितिमा उल्लेख भएका प्रावधानहरूबारे सांसदहरूलाई विस्तृतमा जानकारी गराउँदै संसदमा विषयवस्तु उठान गर्दा नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार महिलामैत्री नीति नियम बनाउन पहल गर्नु सुझाव दिनुभयो ।

सांसदहरुले महिलामाथि अझै पनि अवसरमा विभेद रहेको, लैङ्गिक रुपमा समान कामको समान ज्याला पाउन नसेको, धार्मिक, सांस्कृतिक र परम्पराका नाममा महिलाहरू अझै शोषण र पीडा भोग्न बाध्य हुनुपरेको विचार व्यक्त गर्नुभयो ।

सांसदहरुले महिलाको अर्थपूर्ण सहभागिताका लागि वर्तमान कानुनहरूलाई समयानुकूल बनाइनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button