तपाईँ सुन्दै हुनुहुन्छः

‘खेल र पर्यटनको विकास हुन सके देश समृद्धितिर अघि बढ्छ’

मोरङ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले अन्तर्राष्ट्रिय स्तरको खेलमैदान कम भएकाले खेलकुद क्षेत्रको सोचे जस्तो विकास हुन नसकेको बताउनुभएको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा भएको नेपाल प्रेस युनियन मोरङ शाखाको ११ औँ अधिवेशन तथा साधारण सभामा उहाँले खेल र पर्यटनको विकास हुन सके देश समृद्धितिर अघि बढ्ने बताउँदै युवालाई राष्ट्रिय स्तरमा पुर्‍याएर दक्ष जनशक्ति उत्पादन गरी विकासको मार्गमा लान आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नेपाल प्रेस युनियन मोरङ शाखाको ११ औँ अधिवेशनमा नेपाली कांग्रेस जिल्ला कार्यवाहक अध्यक्ष भक्ति माझी, नेका महासमिति सदस्य भगवती पौडेल, नेका जिल्ला सचिव ललितबहादुर श्रेष्ठ, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अधिवेशनमा बोल्ने अधिकांश वक्ताले प्रेस युनियन मोरङको सफलताको शुभकामना व्यक्त गर्दै पत्रकारिताको माध्यमबाट राष्ट्रिय, लोकतन्त्र, समाजवाद र नागरिक स्वतन्त्रता रक्षाका लागि सधैँ कटिबद्ध रहन जरुरी रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button