तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेश प्रमुख परियारद्वारा दुई विधेयक प्रमाणीकरण

सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले आज दुई वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

प्रदेश सभाबाट पारित भएका अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र आर्थिक वर्ष आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यको लागि कर्णाली प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button