व्यवहारिक र गुणस्तरीय शिक्षा दिन सके मात्रै मुलुकले समृद्धि हासिल गर्न सक्छ : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सबै बालबालिकालाई व्यवहारिक र गुणस्तरीय शिक्षा दिन सके मात्रै मुलुकले समृद्धि हासिल गर्नसक्ने बताउनुभएको छ ।
केन्द्रबिन्दु डटकमले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले जनअपेक्षा अनुरुप सार्वजनिक शिक्षामा सुधार हुन नसकेको बताउनुभयो ।

राम्रो ज्ञान हासिल गरेकाहरूले नै समाज विकासका लागि विशेष योगदान गर्ने हुँदा उत्कृष्ट शिक्षा सेवा दिने शिक्षालय र व्यक्तिलाई प्रोत्साहित गर्दै शैक्षिक सुधारमा सहकार्य गरेर अघि बढ्नुपर्ने विचार सभामुख घिमिरेले व्यक्त गर्नुभयो ।

सभामुख घिमिरेले सार्वजनिक शिक्षामा सबैको पहुँच पुग्ने गरी कानून र नीति निर्माण गर्ने सन्दर्भमा आफ्नो भूमिका सधैँ सकारात्मक हुने बताउनुभयो ।
कार्यक्रममा सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले शैक्षिक विकासका लागि नीतिगत सुधार र कार्यान्वयनमा सम्बन्धित सरोकारवालाहरूबाट साझा पहल हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याउने शैक्षिक संस्था तथा व्यक्तित्वहरूलाई सम्मान गरिएको छ थियो ।









प्रतिक्रिया राख्नुहोस्