सिक्टाको नहरमा डुबेर एक युवतीको मृत्यु
बाँके । कोहलपुर– ४ बेलनपुरमा सिक्टा सिँचाई आयोजनाको नहरमा डुबेर बैजनाथ गाउँपालिकाकी एक युवतीको मृत्यु भएको छ ।
रोपाई सकेर नुहाउने क्रममा बैजनाथ– ३ की एक युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
डुबेर मृत्यु हुनेमा २३ वर्षीय तारा बस्नेत (लक्ष्मी) रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिनुभयो।
बस्नेतलाई तत्काल उद्धार गरेर मेडिकल कलेज कोहलपुर पुर्याइएपनि मृत्यु भएको थियो । रोपाई सकेपछि उनीसहित तीन जना सिक्टाको नहरमा नुहाउन गएका थिए ।
अन्य दुई जना भने सकुशल रहेको स्थानीय प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्