२५ लाखभन्दा कम बजेटका आयोजना प्रदेशले हेर्ने : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले साना २५ लाखभन्दा कम बजेटका आयोजना प्रदेशले हेर्नेगरी बजेटमा संवोधन भएको बताउनु भएको छ ।
मन्त्री ज्वालाले नारायणगढ मुग्लिन सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेकोले त्यसको विकल्पका रुपमा त्रिभुवन राजपथलाई सुधार गर्ने, स्तरोन्नति गर्ने र व्यवस्थित विषयमा छलफल अगाडी बढाइएको बताउनुभयो ।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठाउनुभएका प्रश्नहरूको जवाफका क्रममा मन्त्री ज्वालाले पूर्व–पश्चिम राजमार्गलाई हेटौडा बजारमा चौडा गर्ने प्रक्रिया अगाडी बढाएको जानकारी दिनुभयो ।
मध्यपहाडी राजमार्गको चौरजहारी र कुदु जोड्ने मोटरेबल पुलको काम अधुरो र अस्तव्यस्त भएको र निर्माण व्यवसायीले काम गर्न नसकेकाले ठेक्का तोड्ने काम गरिएको बताउँदै त्यसलाई प्राथमिकतामा राखी नयाँ ठेक्का गरेर पुल निर्माणको काम छिटै अगाडी बढाउने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्